घलेम्दी हाइड्रो कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको हो ।

मंसिर १० गते(आज)देखि खुलेको हकप्रद खरीद गर्न यो कम्पनीका सेयरधनीलाई आगामी पुस १ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीले कात्तिक ३  गतेलाई हकप्रदका लागि बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ कात्तिक ३ गतेभन्दा अघिल्लो दिनसम्म कायम घलेम्दीका सेयरधनी हकप्रद आवेदन दिन योग्य हुनेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा कम्पनीले हकप्रद बिक्रीबाट १ अर्ब १० करोड रुपैयाँ रकम उठाउन खोजेको देखिन्छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी बढेर १ र्ब ६५ करोड पुग्नेछ ।

कम्पनीले हकप्रदबाट उठाएको रकमलाई संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको चुजुङ खोला हाइड्रोपावर प्रोजेक्टको ५१ प्रतिशत सेयरमा लगानी गर्ने योजना बनाएको छ । चुजुङ खोला आयोजना सांग्रीला उर्जा प्रालिबाट प्रवद्र्धित कम्पनी हो ।

 

तपाईको प्रतिक्रिया