खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले लाभांश बिना नै दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो ।मंसिर १० मा बसेको सञ्चालक समितिको ८६ औं बैठकले धुम्बराहीस्थित बुधबार धुम्र बाराह पार्टी प्यालेसमा पुस ४ गते बिवहान ११ बजे दशौं तथा एघारौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो
साधारणसभामा पेश हुने विशेष प्रस्तावको रुपमा हाल कायम चुक्तापूँजीको १ः१ अनुपामा हकप्रद सेयर निश्कासन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने लगायत छन् ।
सभाले आर्थिक वर्ष २०७८-७९ र २०७९-८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत पास गर्नेछ ।
यी दुवै आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफानोक्सान हिसाब समेत पारित गर्ने अजेण्डा छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ मंसिर २१ गतेसम्म सेयरधनी कायम भएकाहरु साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।