नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा सोमबार साँझ ५ बजेसम्म माग गरेभन्दा ७.१६ गुणा बढी कित्ता माग गर्दै आवेदन परेको हो ।
सीडीएसीका अनुसार साँझ ५ बजेसम्ममा ७ लाख ५२ हजार ११९ आबेदकहरुबाट ८१ लाख ७१ हजार ९२० कित्ता सेयर माग भएको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता साधारण सेयरको बिक्री खुलाएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो।
त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

Online Arthik










