
सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईआ) पदमा महेश कुमार चौधरीलाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर १५ गते विहान बसेको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीओमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले मंसिर १५ गते देखि लागू हुनेगरी उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरुमा ती वर्ष, अध्यापन क्षेत्रमा पाँच वर्ष, संयुक्त राष्ट्र संघको नेपालस्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा फिल्ड लेखा तथा प्रशासनमा सात वर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकिय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पदसम्म १० वर्ष कार्य अनुभव छ ।
फाइनान्समा एमबीएसम्मको अध्ययन पूरा गरी कार्यकारीणी तहमा रही बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले कम्पनीको प्रगतिमा नयाँ उचाइ लिने अपेक्षा गरेको कम्पनीले बताएको छ।