भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकी कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ ।

यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट थपेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०२४ -२५ मा यो ईभी एसयूभी सार्वजनिक गर्ने भएको छ

मारुती सुजुकीले कम्पनीको आगामी इलेक्ट्रिक एसयूभी गुजरातमा निर्माण गरिने बताएको छ । यसका साथै त्यहाँबाट ९० किलोमिटर टाढा रहेको हंसलपुरमा रहेको कम्पनीको विद्यमान उत्पादन केन्द्रमा अर्को नयाँ प्लान्ट थपिनेछ ।

सुजुकी मोटर गुजरात प्राइभेट लिमिटेड(एसएमजी), जसले हंसलपुरमा कार निर्माण कारखाना सञ्चालन गर्छ, मारुती सुजुकीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो, यो कम्पनी फेब्रुअरी २०१७ बाट सञ्चालनमा आएको थियो ।

मारुति सुजुकीका कार्यकारी निर्देशक (कर्पोरेट अफेयर्स) राहुल भारतीले कम्पनीको पहिलो विद्यूतीय एसयूभी आगामी आर्थिक वर्षमा लञ्च हुने प्रष्ट पारे । एसएमजीको गुजरात प्लान्टमा बन्ने र यो विशेष एसयूभी हुने उनको दाबी छ ।

 

तपाईको प्रतिक्रिया