नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा आईपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएको क्यापिटलले जनाएको छ । तीमध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरीएको छ । यस हिसाबमा कुल १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हातखाली भएको छ ।

कम्पनीले मंसिर १० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणका आईपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो।

तपाईको प्रतिक्रिया