लघु जीवन निर्जीवन बीमा कम्पनीले आलू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कार्तिक मसान्तसम्म एक करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमालेखतर्फ सुरु चार महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन हजार ४०५ बीमालेख जारी गरेर ६१ लाख रुपैयाँ आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई हजार २४५ बीमालेख जारी गरेर एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले एक हजार ७३८ बीमालेख जारी गरेर ३० लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९४० बीमालेख जारी गरेर ४५ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कार्तिक महिनामा नेपाल माइक्रो इन्स्योरेन्सको कुल बीमाङ्क रकम १२ करोड २९ लाख छ भने प्रोटेक्टिभको कुल बीमाङ्क रकम ३२ करोड ४८ लाख रुपैयाँ छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार दुबैको कुल बीमाङ्क रकम ४४ करोड ७८ हजार छ ।

यस्तै, लघु बीमालेखतर्फ नेपाल माइक्रोले पहिलो चार महिना अर्थात् कार्तिकसम्म तीन हजार ४०५ बीमालेख जारी गरेर ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभले दुई हजार २४५ बीमालेखबाट एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले लघु बीमालेखतर्फ ३० लाख ८५ हजार र प्रोटेक्टिभले ४५ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु बीमालेखतर्फ नेपाल माइक्रोको बीमाङक रकम १२ करोड २९ लाख र प्रोटेक्टिभको ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया