अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड भएको छ । हाइड्रोले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयर मंसिर २८ गते बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म एक सय अंकित दरको १० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर साविक सेयरधनीहरुलाई निष्काशन गरेको थियो । उक्त सेयर नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सनराईज क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला भएको थियो ।

कूल ६ लाख ४३ हजार २९३ जना कायम साधारण सेयरधनीले ५ करोड १८ लाख ९१ हजार कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३ लाख ३५ हजार २३० जना सेयरधनीहरुबाट जम्मा ३ करोड ४८ लाख ९७ हजार ३९६.३४ कित्ता सेयरका लागि दरखास्त प्राप्त भएको थियो ।

जसमा १ हजार २२२ जना सेयरधनीहरुले जम्मा २५ हजार ९२६.३४ कित्ता हकप्रद सेयरको लागि बढी माग गरेका थिए । त्यसैले उक्त २५ हजार ९२६.३४ कित्ता सेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयरधनीहरुलाई हक अनुसार ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयर बाँडफाँड भएको हो निष्काशन तथा बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

 

तपाईको प्रतिक्रिया