जीवन बीमा सिद्धान्त नियमित बचत, बीमालेख चालू रहेको अवस्थामा आर्थिक जोखिम बहन र बीमा अवधि समाप्तिमा प्रतिफलसहित बीमाङ्क रकम फिर्ता । यहि उद्देश्य पुरा गर्ने योजनासहित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’ ल्याएको छ ।
उक्त बीमा योजनाले बीमा अवधिभित्र बीमितको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम प्रदान गरिने छ  ।
यसपछि बीमा अवधि समाप्ति मितिसम्म बीमाङ्क रकमको २.५ प्रतिशत प्रत्येक त्रैमासमा बीमितको इच्छाएको व्यक्तिलाई प्रदान गरिने छ र बीमा अवधि समाप्तिमा पुनः बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ ।
बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमित स्वयंलाई बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट प्रदान गर्ने पनि कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार किस्ताबन्दीमा प्रिमियम तिर्दै जाने सुविधा रहेकाले बीमितलाई एकै पटक आर्थिक भार पनि पर्दैन । बीमा अवधि भित्र बीमालेख चालू रहेको अवस्थामा आर्थिक हिसाबले असहज परिस्थिति आएमा बीमालेख धितो राखि ऋण लिन र समर्पण पनि गर्न सकिन्छ ।
प्रमुख विशेषता :
यो योजनाको न्यूनतम प्रवेश उमेर १८ र अधिकतम ६० वर्ष छ । बीमा अवधि न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मकोे छ । बीमा अवधि समाप्तिमा बीमितको अधिकतम उमेर ६५ वर्षे हुने छ ।
यो योजना अन्तरगत ५० हजारदेखि ५ करोड रुपैयाँको बीमा गर्न सकिनेछ । यो बीमा योजनाको बीमाशुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक तरिकाले भुक्तानी गर्न सकिन्छ । तर बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ भने हुनेछ ।
जसअनुसार अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा एक प्रतिशत थप लाग्छ । त्रैमासिक बीमाशुल्क भुक्तानीमा दुई प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानीमा तीन प्रतिशत थप लाग्नेछ ।
साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार बीमाङ्क रकम २० लाखदेखि ५० लाख रुपैयाँ सम्मको बीमाङ्कमा  ०.२५ रुपैयाँ प्रतिहजार छूट गरिएको छ । बीमाङ्क रकम ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बीमाङ्कमा  ०.५० रुपैयाँ प्रतिहजार छूट गरिएको छ ।
त्यसैगरी, बीमाङ्क रकम १ करोड रुपैयाँदेखि माथिको बीमाङ्कमा ०.७५रुपैयाँ प्रतिहजार छूट गरिएको छ ।

तपाईको प्रतिक्रिया