नाडेप लघुवित्त वित्तीय संस्थाको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको लाभांश सञ्चित गर्ने निर्णय गर्दै गत आवको वासलात,नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने बताएको छ ।

कम्पनी अघिल्लो आर्थिक वर्ष २०७८/०८० मा लगानीकर्ताहरुलाई कुल १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा भने २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया