नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। सोही मूल्यबाट प्रभु महालक्ष्मी लाइफको कारोबार खुलेको हो ।

साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सेयर सूचीकृत भएसँगै कारोबार सुरु भएको हो ।

नेप्सेमा कम्पनीको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको सयर कारोबार फुकुवा गरेको छ ।

साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका थिए । एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको थियो । उता महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन।

यसैगरी, पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको छ ।

यसैगरी, सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने छ ।

लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया