पुस ३ गते बसेको शिवम् सिमेन्ट्स कम्पनीको सञ्चालक समितिको १२३ औं बैठकले आगामी पुस २७ गते शुक्रबारका दिन काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीमा कायम सेयरधनीहरुलाई २०७९-८० को मुनाफा रकमबाट चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ.ब. २०७९-८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसहितको लेखापरीक्षण सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ ।

प्रस्तावित बोनस सेयर जारी भएपछि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्ध पत्रका केही दफा संसोधन गर्ने लगायतका अजेण्डा पेश हुनेछन् ।

 

तपाईको प्रतिक्रिया