एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ।
यो वर्ष उक्त विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । जसमा सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका आधारमा तीन चरणको मुल्यांकन पश्चात अवार्डका लागि सात जना महिलाहरु छनोटमा परेका छन् ।
आगामी शुक्रबार काठमाण्डौमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा उक्त सम्मान प्रदान गरिने कम्पनीले बताएको छ ।
प्रत्येक वर्ष, आईसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्त रुपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप कम्पनीले आईसीटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ ।
पुरस्कारको राशी नगद ३ लाख रुपैयाँ छ ।प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिंदै कम्पनीले विगत तीन वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ