मौलाकाली केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार हुने सातौं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।
यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।