माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सीईओ कोइरालाले आफ्नाे दोश्रो कार्यकालमा माछापुच्छ्रे बैंकलाई थप विश्वसनीय, अनुशासित र व्यवसायीक रुपले अब्बल बैंकका रुपमा अघि बढाउन केन्द्रित हुने प्रतिवद्धता जनाएका छन् ।

कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् । उनको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् ।

तपाईको प्रतिक्रिया