एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा  हालै सम्पन्न भएको छ ।
सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

यसका साथै, सभाको निर्वाचनबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

उनले कम्पनीका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।

बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया