हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यसै साताभित्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार प्रि अलोटमेन्ट लगायतका कार्य सम्पन्न भएको हुदा यसै साता बाँडफाँडको तयारी रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले आवेदन दिएका थिए । आवेदन दिने सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

बिक्री प्रबन्धकले आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन प्राप्त गरको थियो । जुन ६ अर्ब ६३ करोड ६३ रुपैयाँ बराबरको हुन्छ । यस हिसाबमा १० कित्ताका दरले शेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ।

 

तपाईको प्रतिक्रिया