लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानीे गर्ने भएको छ ।
लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्त्वपूर्ण कदम चालेको छ । साथै आफूले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विशिष्टी कृत लगानी कोष नियमावली २०७५अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागि इजाजत पत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरू मध्ये लक्ष्मी क्यापिटल एक हो । युनिटेक लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो। युनिटेक हाइड्रोपावर कोषको आकार १ अर्बको रहेको छ । लक्ष्मी क्यापिटलप्राइभेट इक्विटी तथाभेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृतिप्राप्त गरी लगानी सुरु गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप१५ मेगावाट (मध्य इङ्वाखोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजत पत्र समेत रहेको छ ।