आठौं “रियल इस्टेट एक्स्पो” पुस १२ देखि १५ गतेसम्म काठमाण्डौको प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना हुने भएको छ । घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा सहि सूचना तथा जानकारी उपलब्ध गराउन र ब्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न उदेश्यले एक्पो आयोजन ागर्न लागिएको आयोजक नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।

निर्माण व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला भई व्यवसायीहरुले आफ्ना उत्पादन उपभोक्तामाझ पु¥याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् ।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुन आयोजकले जानकारी दिएको छ ।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने छन् । यसका साथ इच्छुक सहभागीहरुले मेला अवधिमा आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ (प्रोडक्ट लञ्च)  गर्न चाहेमा सोको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेलाबाट घरजग्गा तथा अपार्टमेण्टहरु व्यवसायीहरु र दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने भएकाले ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया