संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान- २०२३ नेशनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ ।

खेलकूद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।

मल्ल एशियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि२० इन्टरनेशनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र निर्देशक दिप्ती आचार्यको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिति एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गरेका थिए । अवार्डको साथै मल्ललाई १ लाख १ हजार रुपैयाँ बराबरको चेक पनि प्रदान गरिएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार रुपैयाँ बराबरको ट्रेनिङ स्कलरशिप पनि प्रदान गरिएको छ । यो स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्ध छन्। प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।

 

तपाईको प्रतिक्रिया