नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि टिकापूर, कैलाली बीच छूट सम्झौता भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पुर्ण भिषा डेविट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतामा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भन्डारी तथा अस्पतालका अध्यक्ष श्रीमती रत्ना उपाध्याय (बजगाईं) ले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय बजगाईं तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

Online Arthik










