एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सामाजिक उत्तरदायीत्व अन्तर्गत अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहकार्यका विषयमा सहमति आदनप्रदान भएको थियो ।
सहकार्यले बाल सवास्थ्य सेवा सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास दुवै पक्षको रहेको छ ।