सिटिजन बैंक इन्टरनेशनलले ७० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आज(पुस २३ गते) देखि ७० हजार ४९०.६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि इच्छुक,व्यक्ति वा अन्य संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नारायणहिटीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया