नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा चयन भएका छन् । आइतबार सम्पन्न संघको २४औ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा १४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

संघको ११औं केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष र सात जना सदस्यमा निर्वाचन भएको थियो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्ष पंकजलाल प्रधान,महासचिव कृष्ण प्रसाद घिमिरे र कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अरुणकाजी स्थापित,रोशन (आर सी) रेग्मी,सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल चयन भएका छन् । निर्वाचित संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार सपथ गरेका छन ।

तपाईको प्रतिक्रिया