बिगमार्टका स्टोरहरूमा सामान खरिद गर्ने ग्राहकहरूले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) छुट पाउने भएका छन् ।

यो अफर देशभरका सबै बिगमार्टको स्टोरहरुमा १ माघदेखि सीमित अवधिका लागि उपलब्ध हुने बिगमार्टले जनाएको छ ।

जाडो मौसमलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरु समेत जित्न सक्नेछन् ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘विनर अफर’ हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेका छन् ।

बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक कयूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्नेछन् ।

 

तपाईको प्रतिक्रिया