एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाई आज(माघ २ गते) देखि बिक्री खुला गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को १० करोड  इकाइ सर्वसाधारणका आजदेखि बिक्री खुला गरिएको हो ।

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक एनआईबिएल एस क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख  इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो ।

एनआईबिएल स्टेवल फण्डका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि योजनाको समयवधिसम्म दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने छ ।

 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गते बैंकिङ समयपछि हुनेछ ।

 

तपाईको प्रतिक्रिया