सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो ।कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताएकी थिइन् ।

अर्का वक्ता नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए । साथै उनले नेपाली युवाहरूले सामना गरिरहेका हालका चुनौती र श्रम संस्कृतिलाई पुन: परिभाषित गर्नुपर्ने आवश्यकताबारे बताएका थिए ।


नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए । सोही क्रममा स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्वपूर्ण कुरा भएको तर अन्तत: जीवनमा साँच्चै के महत्वपूर्ण छ भनेर गम्भीर हुनु पर्ने उनले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया