विन नेपाल लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको माघ १० गते अपरान्ह बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९-८० मा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्रबैंकमा स्वीकृतिका लागि  पठाउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया