अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
अरुण भ्याली हाईड्रोद्वारा प्रस्तावित शतप्रतिशत हकप्रद र रिलायबल नेपाल लाइफद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै अरुण भ्यालीको प्रतिकित्ता १९०.१० रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता रु २८०.२० कायम थियो ।
त्यस्तै, रिलायबल नेपाल लाइफको सेयरमूल्य प्रतिकित्ता ४९७.८४ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य ५७७.५० रुपैयाँ थियो ।
आजबाट समायोजित मूल्यमा दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।