आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरिएको एनसेलले जनाएको । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।
सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने ती विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
शुक्रबार लैनचौरमा आयोजित विषेश कार्यक्रमका बीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, एनसेलका व्यवस्थापन सदस्य लगायतको उपस्थितिमा विद्यार्थीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

Online Arthik










