गुडविल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ ।  कम्पनीको २९ औँ साधारण सभा आज काठमाण्डौ हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजे आयोजना हुन गईरहेको हो । कम्पनीको सञ्चालक समितिले गत आर्थिक् वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुनेछैन ।

सभामा एक जना महिलासहित २ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधा्रण सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस १८ देखि २९ गतेसम्म बुक क्लोज गरेको थियो

 

तपाईको प्रतिक्रिया