रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्व राम बहादुर घर्तिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो ।

बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज बीमित राम ब। घर्तिको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरेको हो ।

स्व राम ब। घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तिलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया