एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ को १० करोड इकाईमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को १० करोड  इकाइ सर्वसाधारणका लागि गत माघ २ गतेदेखि बिक्री खुला गरिएको थियो ।

प्रतिइकाइ  मूल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १ प्रतिशत अर्थात १० लाख इकाई योजनामा व्यवस्थापक एनआईबिएल एस क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख  इकाई कोष प्रबद्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो ।

एनआईबिएल स्टेवल फण्डका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि योजनाको समयवधिसम्म दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया