आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ३९.३६ प्रतिशत घटेर १ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेर १२ करोड ८३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.०८ प्रतिशत घटेर १६ करोड ८८ लाख रुपैयाँ, सञ्चालन नाफा ३९.४६ प्रतिशत घटेर १ करोड ७८ लाख रुपैयाँ र वितरण योग्य नाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
अवधिमा लघुवित्तको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष ९.३७ प्रतिशत बढेर १३ करोड ९६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको निक्षेप तथा सापटी १०.७९ प्रतिशत घटेर १ अर्ब ४८ करोड १४ लाख रुपैयाँ र कर्जा प्रवाह ७.१९ प्रतिशत घटेर ४ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ गरेको छ ।
लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ४.४४ रुपैयाँ ६.८० रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.३२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.३९ रुपैयाँ छ । लघुवित्तको आधार दर १६.२५ प्रतिशत, कस्ट अफ फण्ड ९.९३ प्रतिशत, र खराब कर्जा ४.६४ प्रतिशत रहेको छ ।