कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आगामी माघ २८ गतेदेखि हुने भएको छ ।
कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड इकाइ सर्वसाधारणका लागि माघ २८ गतेदेखि बिक्री खुला गरिन लागेको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक कुमारी क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन २ गते र ढिलोमा फागुन १३ गते बैंकिङ समयपछि हुनेछ ।
यो योजना बन्दमुखि योजना हो ।

Online Arthik










