रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४.९७ प्रतिशतले धेरै हो । गत वर्ष यसले २२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सामान्य सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५५.१५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

खुद बिमा शुल्क आर्जन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ १७ पैसाले घटेर ११ रुपैयाँ ५५ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।

 

तपाईको प्रतिक्रिया