मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  संस्थाको खराब कर्जा अनुपात ३.२९ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगको छ । जसको असर संस्थाको नाफामा पर्न गएको हो । यसका अतिरिक्त संस्थाले सम्भावित घाटाका लागि १ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । जुन अघिल्लो आवको तुलनामा ६५.४६ प्रतिशतले धेरै हो ।

संस्थाको खुद ब्याज आम्दानी ०.८६६ प्रतिशतले बढ्दै १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ३ करोड २५ लाख र सञ्चालन खर्च १ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड २० लाख रुपैयाँ रहेको संस्थाकोि रिजर्भ कोषको आकार २७.६३ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) १३.६० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६७.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१३.०६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.७७ गुणा र तरलता अनुपात ६.११ प्रतिशत कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया