सानिमा मिडिल तमोर हाईड्रो पावर कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६३ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ४ करोड ३४ लाखको तुलनामा ६२.४० प्रतिशतले कम हो । कम्पनीले यो अवधिसम्म निर्माणतर्फ बाट १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो ।
यस्तै कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक छ भने रिर्जभको आकार ९ लाख ४४ हजार रुपैयाँबराबरको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९७.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८८.९१ रुपैयाँले ऋणात्मक अवस्थामा छ ।