आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुनेछ ।

उक्त सभामा सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव पेश गरिने छैन ।

सभामा कम्पनीको संशोधित नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा ४ जना संस्थापक(१ महिलासहित) तथा २ जना सर्वसाधारण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन १० देखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया