पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको नाफामा ५.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ५ करोड १६ लाख रपैयाँमा सीमिति थियो ।
कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.३० प्रतिशतले कम हो । कम्पनीको आम्दानीका साथ–साथै खर्च पनि घटेको छ । कम्पनीको कुल सञ्चालन खर्च ३.२२ प्रतिशतले घट्दै २ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रशासनिक तथा अन्य खर्च १६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भ कोषको आकार १३ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन ऋण ३६ करोड ३५ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८८.०३ रुपैयाँ कायम भएको छ ।