नेपाल इन्सुरेन्सको खुद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४% ले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी बढेकाले खुद नाफा ह्वातै बढेको हो ।

कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन पनि ५.९५% ले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १०% ले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०.५५ रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया