चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तको खुद नाफा ८४.८१ प्रतिशतले घटेर २ करोड ५५ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खराब कर्जा बढेको र खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
एक वर्षमा खराब कर्जा ३.३२ प्रतिशतले बढेर ११.७० प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी ७.०९ प्रतिशतले बढेर ८९ करोड ८३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९६ करोड ६८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ८४.९८ प्रतिशतले घटेर ३ करोड ५९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तको चुक्ता पुँजी २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ८३ करोड १० लाख ५३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया