चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल २ लाख २८ हजार लिखत पारित भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १ लाख ९० हजार लिखत पारित भएको थियो । यसपालि यसमा केही सुधार देखिएको हो । लिखत पारितमा वृद्धि देखिए पनि जग्गा कारोबारबाट संकलन हुने मालपोत करमा खासै सुधार नभएको तथ्यांकले देखाउँछ ।

 

अघिल्लो महिनाको तुलनामा पुसमा घर जग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघ महिनामा देशभर ४९ हजार २९० संख्यामा घर जग्गा कारोबार भएको छ । पुसमा भने ४५ हजार २७७ संख्यामा घर जग्गा कारोबार भएको थियो ।

यता, घर जग्गा कोरोबार बढेसँगै राजस्व पनि बढेको तथ्यांकले देखाएको छ । यो सँगै घर जग्गा कारोबारबाट सरकारलाई माघ महिनामा ३ अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । यसअघि पुसमा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

विभागको तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ४७ हजार ३९८, कात्तिकमा २६ हजार ४६र मंसिरमा ४१ हजार ८५१ वटा घर जग्गा किनबेच भएका थिए ।

 

तपाईको प्रतिक्रिया