सिद्धार्थ प्रिमियर इन्सुरेन्सले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालन समितिको बैठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । सभामा गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । फागुन १० गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउँनेछन् ।