चालु आर्थिक वर्षमा नारायणी डेभलपमेन्ट बैंकलाइई  अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै राष्ट्र बैंकले तेस्रो पटक कारबाही गरेको छ ।

बैंकलाई राष्ट्र बैंकले जरिवाना समेत तिराएको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३÷०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ र इ.प्रा. निर्देशन नं. २१÷८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई रु.१२,८४६।२८ नगद जरिवाना गराइएको छ ।’ राष्ट्र बैंकले भनेको छ ।

कर्जा–निक्षेप अनुपातको तोकिएको सीमा नाघेकाले पहिलो र दोस्रो पटक कारबाही गरेका थिए ।

संस्थाको कर्जा–निक्षेप अनुपात २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक कारबाही परेको हो । बैंकलाई २ लाख ४१ हजार ९२४ रुपैयाँ पहिलो र दोस्रो पटक कारबाही गर्दा जरीवाना तिराएको छ ।

 

तपाईको प्रतिक्रिया