मल्टिपर्पस फाइनान्सले फागुन १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन ।
सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।
साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि आज आइतबार फागुन ६ गते बुक क्लोज गर्दैछ । आज आइतबारभन्दा अघिल्लो दिनसम्म गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।