खजुरीको नेपाल प्रालिले १ वर्षमा १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को तुलनामा ५.६० प्रतिशतले धेरै हो । कम्पनीले सन् २०२२ मा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार यो कम्पनीले सन् २०२१ मा १ अर्ब २८ करोड, सन् २०२० मा १ अर्ब १५ करोड र सन् २०१९ मा ९९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । लङ ट्रम ८७ करोड ४७ लाख रुपैयाँका लागि यसले ‘इक्रा एनपी एलबीबी’ र सर्ट ट्रम २२ करोड ५३ लाख कार्जाका लागि यसले ‘इक्रा एनपी ए४’ रेटिङ प्राप्त गरेको छ ।
खजुरीको नेपाल प्राइभेट लिमिटेड अप्रिल, २००४ मा स्थापित भएको थियो । कम्पनी बिस्कुट, कुकीज र पफको उत्पादनमा संलग्न छ । यसको सेयर एउटै परिवारका ६ जनासँग छ । जसमा अध्यक्ष ओमनाथ महर्जन रहेका छन् ।