नेपाल राष्ट्र बैंकको अत्याधुनिक सुविधासम्पन्न भनिएको भवन हस्तान्तरणको अन्तिम चरणमा पुगिसकेको छ । निर्माणमा संलग्न इन्जिनियरका अनुसार भवनको ९९.९ प्रतिशत काम सम्पन्न भईसकेको छ ।
अब बाँकी भनेको टेस्टिङ्गको काम हुँँदैछ । राष्ट्र बैंक सम्पत्ति र सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार टेस्टिङ्गको काम सकिएपछि निर्माणपक्षका इन्जिनियर र राष्ट्र बैंकका इन्जिनियरले संयुक्त रुपमा परिक्षण गरेपछि उनीहरुले दिएको प्रतिवेदनका आधारमा भवन विभागले राष्ट्र बैंकलाई भवन हस्तान्तरण गर्ने छ।
निमार्णमा संलग्न इन्जिनियर दिपेश सेडाईका अनुसार भवन अत्याधुनिक सुविधा सम्पन्न बनेको बताउँछन् । उनका अनुसार राष्ट्र बैंकको पहिलेको भवनको पुरात्विक शैलीलाई कायम राख्दै (नियो क्लासिकल मोडलमा) आधुनिक सुविधा सम्पन्न भवन बनाइएको उनको दाबी छ । चार हजार स्क्वाएर फिट क्षेत्रफलमा बनाइएको यस भवनमा ६ वटा ब्लक रहेका छन्।
जमिनभन्दा तल बेसमेन्ट २ तल्ला र जमिनमाथि ४ तल्ला गरी कुल ६ तल्लाको भवन निर्माण भएको छ । बेसमेन्टको पहिलो तलामा क्यास भल्ट राखिने गरी निर्माण गरिएको छ । क्यासभल्टको सुरक्षालाई मध्यनजर गर्दै निमार्णमा ट्याङ बारको प्रयोग गरिएको अर्का इन्जिनियर रामकृष्ण श्रेष्ठ बताउँछन् । उनका अनुसार क्यासभल्टमा प्रयोग गरिएको उक्त ट्याङ्गबारले विशेष सुरक्षा दिने छ। नेपालका लागि यो नयाँ प्रयोग भएको समेत उनको भनाई छ । विस्फोटबाट हुने क्षति साथै सुरुङ्ग खनेर पनि क्यासभल्टमा पुहँच नपुगोस् भन्ने उदेश्यले उक्त ट्याङ्ग बारको प्रयोग गरिएको बताइन्छ । त्यस्तै बेसमेन्टमा रहेको पार्किङ्गमा १०० वटा चार पाँग्रे र १०० वटा नै दुई पाँग्रे सवारी एकैपटकमा राख्न सक्ने क्षमता रहेको छ ।
आवतजावतको सहजीकरणका लागि तीनवटा लिफ्ट बनाइएको छ । लिफ्टको क्षमता एकपटकमा ८ जना बोक्न सक्ने क्षमता रहेको छ । त्यस्तै भित्रबाहिर आवतजावतका लागि तीन वटा इन्ट्रि प्वाइन्टको व्यवस्था गरिएको यस भवनमा आकस्मिक बाहिर निस्कनका लागि तीन वटा इमर्जेन्सी एक्जिटको पनि व्यवस्था समेत गरिएको छ । फायर फिटिङ्गको व्यवस्था पनि भवनमा छ ।
पूर्णतया भूकम्प प्रतिरोधी रहेको भनिएको भवन अपाङ्गमैत्री पनि रहेको विभागका प्रमुख अधिकारी बताउँछन् । ठ्याक्कै यति नै संख्यामा कोठाहरु छन् भन्न नसकिने र पार्टेशन मार्फत अफिसियल रुपमा प्रयोग गर्नेगरी भवन निर्माण गरिएको छ । भवनमा छ वटा ब्लकको व्यवस्था गरिएको छ ।
यो एउटा मेगास्ट्रकचर भएको यस नयाँ भवनमा एउटा मेन अफिस बिल्डङ्ग, अर्को एनेक्श बिल्डिङ्ग छ, जसमा अडिटोरियम हल, क्यान्टिन लगायत रहनेछन् । त्यस्तै सुरक्षाका लागि नेपाल आर्मीको आवासीय बिल्डङ्ग रहनेछ । नेपाल आर्मी पनि छुट्टै ब्लकमा रहनेछ।
त्यस्तै चौथो ब्लकमा आन्तारिक सुरक्षाकर्मीको लागि आवासीय रुपमा बस्ने बिल्डिङ्ग रहनेछ । त्यसैगरी, राष्ट्र बैंकको कर्मचारी युनियनका लागि अलग्गै ब्लकको व्यवस्था नयाँ भवनमा हुनेछ । त्यस्तै इलेक्ट्रीकलका जेनेटर प्याडको लागि पनि अलग्गै ब्लकको व्यवस्था छ । जसमा सर्भिस सेन्टर र मेन्टेन्सको व्यवस्था हुनेछ ।
मेन अफिस बिल्डङ्गमा गर्भनर र डेपुटी गर्भनर सहित १० वटा विभाग बस्ने बताइएको छ । जसमा भुकम्पले क्षति पुर्याएपछि काठमाडौंकै दरबारमार्ग र एनआरएनएको भवनमा रहेका विभाग पनि बालुवाटारको नयाँ भवनमा आउनेछन् । त्यस्तै अन्तरराष्ट्रिय मुद्रा कोषको कार्यालयको लागि पनि सो भवनमा व्यवस्था गर्ने छ ।
२०० भन्दा बढी क्षमताको मिटिङ्ग हल, मेस साथै तीन दर्जनभन्दा बढी शौचालय रहेका छन् । शौचालयमा महिला, पुरुष र अपाङ्गका लागि अपाङ्ग मैत्री शौचालय रहेका छन् ।
भवनको सुरक्षाका लागि भवनको बाहिरी भाग साथै आवश्यक पर्ने सबैजसो कमन प्लेसमा सिसिटीभि क्यामेरा जडान गरिएको बताइन्छ । त्यस्तै विद्युत आपूर्तिमा समस्या हुन नदिनका लागि जेनेटरको व्यवस्था छ । जसले ३ सेकेण्ड भित्रमा विद्युतको आपूर्ति दिने छ । भवनमा पानी आवश्यकता परिपूर्तिका लागि ओवरहेड पानी ट्यांकीको निर्माण गरिएको छ । जसको क्षमता करिब ८० हजार लिटर रहेको छ ।

Online Arthik










