सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन  खुला गरेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते  र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै  लगानीकर्ताले ‘मेरो सेयर’बाट  समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको  थियो ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो ।

 

तपाईको प्रतिक्रिया