‘आईएमई पे’ ले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको डिजिटल फाइनान्सियल सर्भिस मार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा सावित हुने विश्वास लिएको ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।सहकार्यमा ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नया बीमा सुविधा सार्वजनिक गरेको छ ।
‘आईएमई पे’ मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ ।
३ सय ६५ रूपैयाँ मा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने २ लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बीमित व्यक्तिले ‘आईएमई पे’ एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको कम्पनीको भनाइ छ ।